
काठमाडौं:नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिहंले पार्टीको मौलिक सिद्धान्त बचाई राख्न नेतृत्व परिवर्तन आवश्यकता रहेको बताएका छन् ।
बुधबार काठमाडौंको कोटेश्वरमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीलाई संस्थागत गर्न र लोकतान्त्रिक पद्धति जोगाई राख्न नेतृत्व परिवर्तनमा जोड दिए ।
अरु क्षेत्रमाजस्तै निश्चित समयपछि रिटायरमेन्ट राजनीतिमा पनि हुनुपर्नेमा त्यसो नभएको भन्दै आर्यघाट पुग्दासम्म पद नछोड्ने नेताहरुको कार्यशैलीले जनतामा निराशा छाएको बताए।
बहुदल आएपछि सबै पार्टीभित्र निश्चित नेताहरुले कब्जा जमाएकाले परिवर्तनको आभास हुन नसकेको भन्दै उनले कांग्रेसमा अब पार्टी सभापति, वरिष्ठ नेतालगायतलाई रिटायरमेन्ट दिएर अर्को पुस्तालाई नेतृत्व दिनुपर्ने धारणा राखे ।
‘नेपाली काँग्रेस सधै जनताका लागि काम गर्दै आइरहेको छ ।
तर वर्तमान नेतृत्वले अलोकतान्त्रिक गतिविधिहरु गरिरहेका छन् । यसले पार्टीको मौलिक सिद्धान्तलाई असर पारेको छ,’ नेता सिंहले भने, ‘पार्टीप्रति जनताको भरोसा र विश्वास जोइराख्न पनि नेतृत्व परिवर्तन आवश्यक छ ।’
अघिल्लो निर्वाचनले पनि पार्टीको नेतृत्व परिवर्तन आवश्यक रहेको पुष्टि गरेको उनको भनाइ छ ।
आगामी महाधिवेशनमा कसैको प्रलोभनमा नपर्नसमेत कार्यकर्तालाई आग्रह गरे ।
पार्टीलाई संस्थागत गर्ने सक्षम नेतृत्व आवश्यक रहेकोमा उनले जोड दिए ।
पार्टी नेतृत्वले आगामी महाधिवेशन अलोकतान्त्रिक तबरले गर्ने प्रयास गरेको भन्दै उनले आफूहरुले त्यसो हुन नदिने बताए ।
पदमा जानको लागि तिव्र प्रतिस्पर्धा हुने तर पदमा पुगेपछि जिम्मेवारीबाट पछि हट्ने नेताको प्रवृतिले पार्टीलाई अप्ठ्यारो पारेको उनको गुनासो छ ।
लोकतन्त्र र कांग्रेस एकै सिक्काका दुई पाटा भएको बताउँदै नेता सिंहले पार्टीभित्र पनि लोकतन्त्रको आन्तरिक अभ्यास हुन जरुरी भएको बताए ।
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?