सभामुख र उपराष्ट्रमाथि खनिए प्रधानमन्त्री: सभामुखलाई किर्ते, उपराष्ट्रपतिलाई चुनावमा आउन चूनौति

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा र उपराष्ट्रपति नन्दबहादुर पुनको आलोचना गरेका छन् ।

उनले सभामुखलाई झगडिया र किर्ते भएको आरोप लगाए भने उपराष्ट्रपति पुनलाई सरकारको विरोध गर्दै नहिड्न सुझाव दिए ।

उनले सभामुख सरकारविरुद्ध मुद्धा हाल्दै हिडेको र झगडीया बनेको आरोप लगाए । सभामुख सापकोटाले संसद विघटन संविधानविपरीत भएको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिलाई विपक्षी बनाएर सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

साथै उनले सभामुखलाई कीर्ते काम गरेको आरोप लगाए । सभामुख बनाइएको थियो एकजनालाई । सरकारविरुद्ध मुद्दा हाल्न जानुभएको छ ।

‘सरकारविरुद्ध झगडिया हो सभामुख । सुहाउँछ रु सभामुख झगडिया हुन जानुभएको छ,’ प्रधानमन्त्रीले भने, ‘उहाँले किर्ते गर्नुभएको छ । भन्न पनि लाज लाग्ने कुरा । सभामुखजस्तो पदको मान्छेले किर्ते सनाखत गर्छ । साढे ३ बजे दर्ता गर्न लगेको कुरालाई १०:४० बजे ल्याएको भनेर किर्ते सनाखत गर्नुजस्तो लज्जास्पद कुरा के हुन्छ ?’

‘प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनको पनि चर्काे आलोचना गरे। ‘उपराष्ट्रपति सरकारविरुद्ध भाषण गर्दै हिँड्नुभएको छ । उहाँको पदले भाषण गरेर हिँड्ने, सरकारको विरोध गरेर हिँड्ने होइन । संविधान मिचियो, प्रजातन्त्र मासियो आदि कुराहरू, प्रतिनधिसभा विघटन गरेर बेठिक भयो चुनाव, गर्न पाइँदैन भन्ने होइन,’ उनले भने, ‘उहाँ त चुनाव नगर्ने नै पृष्ठभूमिबाट आउनुभएको हो । अब त कमसेकम चुनावतिर आउनुस् ।’

प्रतिक्रिया

TOP