सोमबार, कार्तिक १ २०७८

विश्वमा आजः वाल्टिक समुद्रमा डुंगा दुर्घटनादेखि हेइटीमा कु

विश्वमा आजः वाल्टिक समुद्रमा डुंगा दुर्घटनादेखि हेइटीमा कु


Nepal Manch
असोज १३ २०७८, बुधबार

एजेन्सी :आज सेप्टेम्वर २९ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए ।

प्रस्तुत छ आज भएका केही विश्व घटनाः

वाल्टिक समुद्रमा डुंगा दुर्घटना

सन् १९९४ मा वाल्टिक समुद्रमा एउटा डुंगा डुब्दा त्यहाँ सवार आठ सय यात्रुको मृत्यु भएको थियो ।

यसलाई २० औं शताब्दीकै डरलाग्दो दुर्घटना भनिन्छ ।

हेइटीमा कु
सन् १९९१ मा त्यहाँको सेनाले कु गरि राष्ट्रपति जीन बर्टान्ड अरिस्टाइडलाई सत्ताच्युत गरेको थियो ।

राष्ट्रपति बर्टान्ड कु हुनुभन्दा नौ महिनाअघि भएको निर्वाचनबाट निर्वाचित भएका थिए ।

क्यानडाको पहिलो स्याटलाईट
सन् १९७२ मा क्यानडाले अमेरिकाको क्यालिफोर्निया राज्यस्थित वायुसेनाको आधारबाट आफ्नो पहिलो स्याटलाईट अलोइट १ सुरु गरेको थियो ।
पृथ्वीको अध्ययन गर्ने उद्देश्यले अमेरिकी अन्तरिक्ष केन्द्र नासाको सहकार्यमा सो स्याटलाइट सुरु गरेको थियो ।

आणविक अनुसन्धानमा इयुको पहल
सन् १९५४ मा आणविक अनुसन्धानका लागि युरोपेली संगठन ९सीइआरएन० को स्थापना भएको थियो ।

युरोपेली युनियनमा आबद्ध विभिन्न १२ सरकारको पहलमा सो संगठन स्थापना भएको थियो ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट