
काठमाडौं : सरकारले प्रतिवन्ध लगाएपछि भूमिगत बनेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ताका लागि सकारात्मक भएको छ ।
नेकपाका महासचिव विप्लवले शनिबार विज्ञप्ति जारी गर्दै आफ्नो पार्टी सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको जानकारी गराए ।
विप्लव नेतृत्वको नेकपाले हिंसात्मक गतिविधि गरेपछि सरकारले दुई वर्षअघि उक्त समूहलाई प्रतिबन्ध लगाएको थियो।
विप्लवले आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको बताएका छन् ।
उनले भनेका छन्, ‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’

प्रतिक्रिया