बैशाख १७ र २७ को निर्वाचनलाई जनताले अनुमोदन गरिसके, अब सर्वाेच्चको फैसला कुरिरहेका छौं : नेम्वाङ

काठमाडौं : नेपाल कम्यूनिष्ट पार्टी नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले सरकारले बैशाख १७ र २७ गतेका लागि तोकेको प्रतिनिधिसभा निर्वाचनलाई जनताले अनुमोदन गरिसकेको दावी गरे ।

उनले विराटनगरमा आयोजित ओली पक्षको आमसभालाई सम्बोधन गर्दै जनताका बीचमा जाने प्रधानमन्त्रीको निर्णयलाई जनताले स्वीकार गरिसकेको बताए ।

संविधानसभाका पूर्व अध्यक्षसमेत रहेका नेम्वाङले चुनावलाई जनताले अनुमोदन गरेपनि अब सर्वाेच्च अदालतको फैसला सुन्न आतुर रहेको बताए ।

‘काठमाडौंमा आयोजित कार्यक्रममा रोष्टमबाट बोल्दै प्रधानमन्त्रीले सोध्नुभयो, जनता के चाहछन् । जनताले एकैस्वरमा भने हामी निर्वाचन चाहन्छौं । हामी निर्वाचन चाहन्छौं,’ नेम्वाङले भने, ‘समुद्रको लहरजस्तै जनताको लहर सडकमा पोखिएको छ, देशका जनता निर्वाचन चाहन्छन् । दुधको दुध पानीको पानी छुट्याउन चाहन्छन् । जनताले फैसला सुनाइसके । अब सर्वाेच्च अदालतको फैसला सुन्न आतुर छौं ।’

प्रतिक्रिया

TOP