मंगलबार, कार्तिक २ २०७८

विश्वमा आजः तालिवानद्वारा काबुल कब्जादेखि यमन स्थापना

विश्वमा आजः तालिवानद्वारा काबुल कब्जादेखि यमन स्थापना


Nepal Manch
असोज ११ २०७८, सोमबार

एजेन्सी: आज २७ सेप्टेम्वर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए ।

प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटनाः

तालिवानद्वारा काबुल कब्जा
सन् १९९६ को २७ सेप्टेम्वरमा सशस्त्र तालिवानले अफगानिस्तानमा काबुल कब्जा गरेको थियो । सत्ता कब्जापछि उसले इस्लामिक इमिरेट्स अफ अफगानिस्तान घोषणा गरेको थियो ।

यमन अरब रिपब्लिकको स्थापना
सन् १९६२ मा ग्यामल अब्देल नसिरले यमन अरब रिपब्लिक स्थापना गरेका थिए । तत्कालिन राजा मुहम्मद अल बदरलाई सत्ताच्युत गरेपछि यमन अरब रिपब्लिकको स्थापना भएको थियो ।

विश्वयुद्धका गठबन्धन राष्ट्रको हस्ताक्षर

सन् १९४० मा दोस्रो विश्व युद्धको समयमा जर्मनी, इटाली र जापानका प्रतिनिधिले एउटा सम्झौतामा हस्ताक्षर गरेका थिए । बिरोधी राष्ट्रलाई आक्रमण गठबन्धन फौजद्वारा आक्रमण गर्ने बारेमा ती राष्ट्रले हस्तारक्षर गरेका थिए ।

वालीको अन्तिम बाघ
बढ्दो मानवीय गतिविधि र अनियन्त्रित शिकारका कारण इन्डोनेसियाको रैथाने बाघ ‘बाली टाइगर’ लोप भएको थियो । आजकै दिन बालीको अन्तिम बाघलाई पनि तस्करले गोली हानी हत्या गरेका थिए ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट