वृद्धावस्था र जाडोयामको आहार : वृद्धबृद्धालाई जाडोमा के खुवाउने ?

प्राय : सबैका लागि असहज मौसमको रुपमा लिइने जाडो याम वृद्धबृद्धाहरुका लागि त झनै कष्टकर हन्छ । जाडोले उनीहरुको स्वास्थ्यमा छिट्टै नकारात्मक प्रभाव पार्न सक्छ ।

मुटु तथा श्वास–प्रश्वासका बिरामी छन भने त यस मौसमले झन जटिल समस्या ल्याउन सक्छ। प्रत्येक वर्ष २० हजारभन्दा बढी वृद्धहरुको मृत्यु जाडोको कारणले हुने गरेको छ।

यसरी मृत्यु हुनेमा आधा अर्थात् १० हजार जति मुटुसम्बन्धी रोग लागेका पर्छन भने ५ हजार जति श्वास–प्रश्वाससम्बन्धी रोग लागेका र मांसपेशी कमजोर भई लड्ने गरेका हुने कुरा अध्ययनले देखाएको छ।

वृद्धावस्थामा प्राकृतिक तवरले शरीरको क्रियाकलापमा कमी आउने, शरीर कमजोर हुने, खानाप्रति रुचि कम हुने, खाएको खाना उचितरुपमा सदुपयोग गर्न नसक्नेजस्ता कारणले गर्दा रोग–प्रतिरोधात्मक शक्तिमा कमी आउने हुन्छ, जसका कारण जाडो याममा छिटै संक्रमण हुने सम्भावना बढी हुन्छ।

यसका साथै मुटुसम्बन्धी रोग तथा ब्रोङ्काइटिस (Bronchitis), दम (Asthma), इम्फिसेमा (Emphy- sema) जस्ता श्वास–प्रश्वाससम्बन्धी रोग लाग्दा स्थिति झन नाजुक बनाउँछ।

जाडोबाट बच्न न्यानो लुगा, बस्ने उचित व्यवस्था मिलाउनुको साथै दैनिक खानामा पनि ध्यान पु¥्याउन सेकमा यसबाट केही हदसम्म जोगिन सकिन्छ। भन्डै ९० प्रतिशत जति व्यक्तिको स्वास्थ्यस्थिति उसले खाने खानामा भर पर्छ।

स्वास्थ्य र पोषिलो खानाले वृद्धावस्थामा देखिने विविध प्रकारका रोगहरु जस्तै मुटुसम्बन्धी रोग, केही प्रकारका क्यान्सर, कब्जियत, मोटोपना, दाँत कीराले खाने, कुहिने आदि समस्यालाई कम गर्छ।

उचित प्रकारले खाद्यपदार्थको छनोट र उपयुक्त खाना खाने बानीले शरीर स्वस्थ र न्यानो राख्न मद्दत पुयाउँछ।

अन्य अवस्थाको साथै जाडो याममा दैनिक भोजनको व्यवस्था गर्दा तिनै खाद्यसमूहबाट पर्ने गरी भोजनको योजना गर्नुपर्छ।

यसरी योजना गर्दा व्यक्तिको दैनिक क्यालोरी, प्रोटिन, खनिज पदार्थ, भिटामिनको आवश्यकता,उसको शरीरिक अवस्थालाई ध्यान पु¥याउनुपर्छ।

साधारणतया वृद्धावस्थामा शारीरिक क्रियाकलाप कम हुने भएकोले व्यक्तिको बेसल मेटाबोलिजमको दर (BMR) कम हुन्छ तर जाडोमा अन्य मौसममा भन्दा BMR बदने हुनाले यस समयमा केही थप क्यालोरी आवश्यक पर्छ।

व्यक्तिको शरीरको तौलअनुसार दैनिक परिमाण कम वा बढी गर्नुपर्छ।साधारणतया वृद्धावस्थामा क्यालोरीको परिमाण कम गरे पनि प्रोटिनको आवश्यकता वयष्कलाई जति नै पर्छ।

यस अवस्थामा पुरुषको लागि एक किलोग्राम शरीरको तौलबराबर एक ग्राम प्रोटिन आवश्यक हुन्छ भने । महिलाको लागि ०.८ ग्राम प्रोटिनका आवश्यक हुन्छ। यस अवस्थामा खासगरी प्रोटिनको आवश्यकतालाई विशेष ध्यान दिनुपर्छ।

एक त उनीहरुमा खाने रुचि कम हुने र राम्ररी पचाउन नसक्ने हुन्छ भने अर्कोतिर मंशपेशी कमजोर हुने भएकोले खानामा प्रोठिन भएको खाद्यपदार्थ समावेश गर्दा गुणीथरीय प्रोटिनयुक्त खाद्यप्रदार्थको छनोट गर्नुपर्दछ ।

यस्तो अवस्थामा प्रायजसो क्याल्सियम, लौहतत्वजस्ता खनिजप्रदार्थ राम्ररी शोषण नहुने, हाडको घनत्व कम हुन मांसपेशी कमजोर हुने अस्टोमलेसिया, एनिमियाजस्ता समस्या हुन्छन् भने जाडो मौषममा यीबाहेक शरीरको तापक्रम कम भई चेतना हराउने, लडेर हातखुट्टा भाँचिने सम्भावना हुन्छ ।

यसको लागि दैनिक खानामा प्रशस्त क्याल्सियम तथा लैहतत्वयुक्त साद्यपदार्थ समावेश गर्नुपर्छ ।

यस अवस्थामा दैनिक क्याल्सियम ० दशमलभ ८ देखि १ दशमलभ ० ग्राम र लौहतत्व ३० देखि ४० मिलिग्राम आवश्यक पर्छ ।

त्यसैगरी शरीरमा संक्रमण रोग लाग्न नदिन तथा अन्य पौष्टिक तत्वको कार्यलाई टेवा पु¥याउन दैनिक खानामा भिटामिनलाई पनि ध्यान दिनु पर्दछ ।

विशेषगरी ए,बी ६, बी १२, सी र डी भिटामिन खानाबाट पुर्ती गर्नु पर्ने हुन्छ ।

कब्जियत र जलवियोजन जस्ता समस्या जस्ता समस्याले बुढाबुढीलाई बढी पिरोलेको हुन्छ ।

एक त यस उमेरका व्यक्रिमा तिर्खा नलाग्ने ,तिर्खा नलागुन्जेलसम्म पानी नपिउजे बानी ,त्यसमाथी जाडो मौषममा सधरणतया मात्र पानी हुन्छ ।

त्यसैगरी खाना चपाउन र पचाउन गाह्रो हुने भएकाले दैनिक भोजनमा फाइबर युक्त खाद्यपदार्थको समावेश पनि कम हुन्छ ।

यी समस्यालाई कमगर्न खानामा पोषिलो तातो झोल खाद्यपदार्थ तथा हल्का पचाउन सक्ने किसिमको फाइबरयुक्त पदार्थहरु समावेश गर्नुपर्छ।

यसबाहेक उनीहरुलाई सकेसम्म बढी पानी पिउन जोड दिनुपर्छ।

(प्रा डा जया प्रधानको पौष्टिक आहार स्वास्थ्य जीवन भन्ने पुस्तकबाट साभार)

प्रतिक्रिया

TOP