सात महिनापछि चीनले भन्यो : गलवान झडपमा चीनका पाँच सैनिकको मृत्यु

काठमाडौँ : चीनले पहिलो पटक गत वर्ष लद्दाखको गलवान उपत्यकामा भारतीय सेनासँगको झडपमा परी आफ्ना ५ जना सैनिक मारिएको स्वीकार गरेको छ ।

चिनियाँ सरकारी समाचारपत्र ग्लोबल टाइम्सले चिनियाँ जनमुक्ति सेना (पीएलए) को आधिकारिक अखबार पीएलए डेलीलाई उद्धृत गर्दै झडपमा चिनियाँ सैनिकको मृत्युको बारेमा जानकारी दिएको हो ।

ग्लोबल टाइम्सका अनुसार पीएलए डेलीले ‘आफ्नो सम्प्रभुता रक्षाका क्रममा बलिदानी दिने सैनिकलाई श्रद्धाञ्जली दिनका लागि’ भन्दै मृत्यु भएका सैनिकका बारेमा जानकारी खुलाएको छ ।

चीनको सेन्ट्रल मिलिटरी कमिसनले काराकोराम पहाडमा ५ जना सैनिकको पहिचान भएको र उनीहरुलाई विभिन्न पदवीबाट सम्मानित गरिएको पीएलएले जानकारी गराएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया

TOP