सरकारले रोकेको चिकित्सक परामर्श शूल्क कार्यान्वयन गर्न आयूर्वेद चिकित्सक संघको आग्रह

काठमाडौं : नेपाल आयुर्वेद चिकित्सक संघले डाक्टरको वृद्धि भएको परामर्श शुल्क लागू गर्न चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई अनुरोध गरेको छ।

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै आयुर्वेद संस्थामा बृद्धि भएको शुल्क आजैका मितिदेखि लागू गर्न अनुरोध गरेको हो।

‘संघले ४ माघमा स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्यमा क्रियासिल ट्रेड युनियन तथा पेशागत संघ संगठनको संयुक्त संघर्ष समितिसँग भएको बैठकमा सो शुल्क ३० दिनभित्र लागू गर्ने जनाइएको भएपनि हालसम्म पनि कार्यन्वय नभएकोले तपसिल बमोजिनको शुल्क आजैका मितीबाट लागु गर्न सम्पूर्ण चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई अनुरोध गरिन्छ’ विज्ञप्तीमा उल्लेख छ।

तर, सो शुल्क कार्यन्वयन नभएको भन्दै संघले जनाएको छ।संघका अनुसार डाक्टरले परामर्श शुल्क ३ सय ७० देखि ८ सय २५ सम्म लिन पाउनेछन्।

त्यसैगरी, नीजि क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरूमा आयुर्वेद चिकित्सकको न्युतम पारिश्रमिक ४२ हजार कायम गर्न संघले स्वास्थ्य संस्थालाई अनुरोध गरेको छ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गर्दै छलफल नै नगरी तोकिएको शुल्क मान्य नहुँने बताएको छ।

No description available.

प्रतिक्रिया

TOP