
काठमाडौं : सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी संसद विघटनसम्बन्धी मुद्दामा बहस सकिएको छ ।
करिव एक महिनादेखि जारी बहस शुक्रबार दिउँसो सकिएको हो ।
मुद्धाको पक्ष, विपक्षमा रहेका अधिवक्ताहरुको बहस सकिएपछि फागुन दुई गतेदेखि एमिकस क्यूरीकातर्फबाट बहस भइरहेको थियो ।
पाँच जना सदस्य रहेको एमिकस क्यूरीका तर्फबाट शुक्रबार अन्तिममा गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको हो ।
बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन यस रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका छन् ।
फैसलाबारे जबराले भने, ‘त्यसपछि हेर्दाहेर्दैमा जान्छ । ११ गते, र१२ गते जति पनि जान सक्छ ।’
अदालत स्रोतका अनुसार बुधबारसम्म अन्तिम फैसला आउने बताइएको छ ।
प्रतिक्रिया