
तनहुँ : सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सम्पन्न भएको छ।
जिल्लास्थित ब्यास ३ दमौलीको बीपी वनवाटिका खेल मैदानमा संचालित प्रतियोगिताको फाइनलमा दोभान युवा क्लब ‘ ए’लाई ३-० ले पराजित गर्दै न्यू स्टार विजयी भएको हो ।
यसैगरी महिलातर्फको फाइनल खेलमा एन्फा तनहुँको महिला टिमलाई ३-० ले हराउँदै कास्कीको भदौरे एकेडेमी विजयी बनेको छ ।
प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि व्यास नगरपालिकाका गैर आवासीय युवा सल्लाहकार समाजसेवी रजनजंग शाहीले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा न्यु स्टार ‘सी’का रोशन दोङ बेस्ट डिफेन्स, रोमन थापा मगर बेस्ट किपर तथा क्याप्टेन दिपेश आले मगर बेस्ट प्लेयर घोषित भएका छन् ।
प्रतिक्रिया