विपि कोइराला क्यान्सर अस्पतालले माग्यो कर्मचारी, फागुन २५ गतेभित्र आवेदन दिइसक्नुपर्ने

काठमाडौं : चितवनको भतरपुरमा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ ।

अस्पतालले मेडिकल अधिकृतका लागि विज्ञापन खोलेको हो । तर पद संख्या भने खुलाएको छैन ।

योग्य उम्मेदवारले फागुन २५ गतेसम्म अस्पतालको प्रशासन शाखामा आवेदन दिइसक्नुपर्ने विज्ञापनमा उल्लेख छ ।

करार भर्ना अन्तर्गत एक वर्षका लागि कर्मचारी माग गरिएपनि काम सन्तोषजक भए करार थप गर्न सकिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

TOP