
जनकपुर : प्रदेश २ सरकारले ८० जना विद्यालय स्टाफ नर्स तथा अनमीका लागि आवेदन माग गरेको छ ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयले बुधबार एक सूचना प्रकाशित गर्दै खुल्ला तर्फ ४० र समावेशी तर्फ ४० गरी ८० जना नर्स र अनमीको पदपूर्तीका लागि आवेदन माग गरेको हो।
‘स्वास्थ्य सुदृढीकरण र बेटी बचाउ, बेटी पढाउ कार्यक्रमलाई सहयोग पु¥याउन विद्यालयहरुमा स्टाफ नर्स र अनमी परिचालन कार्यक्रम’ अन्तर्गत ८ वटा जिल्लाका सामुदायिक विद्यालयमा रहेने गरी उक्त संख्यामा स्टाफ नर्स तथा अनमी माग गरिएको प्रदेश दुई सरकारले जनाएको छ ।
योग्यता पुगेका नेपाली नागरिक महिलाले सूचना प्रकाशित भएको १५ दिनभित्र उल्लेखित पदमा आवेदन दिन सक्ने सूचनामा जनाइएको छ ।

प्रतिक्रिया