बुधबारदेखि बढेको चिकित्सक परामर्श शुल्कप्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं : चिकित्सकहरुले बढाएको परामर्श शुल्कप्रति सरकारले आपत्ति जनाएको छ ।

नेपाल चिकित्सक संघ र एसोसिएन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल अफिनले बुधबारदेखि लागू हुने गरी बढाएको परामर्श शुल्कप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपत्ति जनाएको हो ।

मन्त्रालयले बिहीबार पत्रकार सम्मलेन गर्दै सरकारसँग छलफल नै नगरी चिकित्सकले एकतर्फी शुल्क बढाएको जनाएको छ ।

माघ ४ मा मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको कमिटिसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले थप निर्णय गनुपर्ने भन्दै स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीले चिकित्सकले बढाएको परामर्श शुल्क कार्यान्वयन हुन नसक्ने स्पष्ट पारे ।

त्यस्तै, मन्त्रालयले निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक, अस्पतालको सेवा शुल्क र परामर्श शुल्कसमेत सापेक्षित परिमार्जन गर्न सरोकालवालासँग छलफलको लागि तयार रहेको जनाएको छ।

मन्त्रालयसँगको सहमति अनुसार डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय भएको चिकित्सक संघ र अफिनले दावी गरेका थिए ।

बुधबार देखि लागु हुने गरी ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ३७० देखि ८२५ सम्म शुल्क लिन पाउने गरी परामर्श शुल्क बढाइएको थियो ।

अफिन र चिकित्सक संघले मन्त्रालयसँग माघ ४ गते भएको सहमतिका आधारमा शुल्क बढाएको दाबी गरेको थियो ।

शुल्क बढेको विषयमा जानकारी दिन दुवै संस्थाले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल राष्ट्र बैंकको मुद्रा स्फिति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क तोकिएको उल्लेख छ ।

No description available.

प्रतिक्रिया

TOP