October 30, 2020, Friday
२०७७, १४ कार्तिक शुक्रबार
Nepal 1:37:26 pm
सांसद सानु शिवाको अन्त्येष्टि, सभामुख सापकोटाद्वारा अन्तिम श्रद्धाञ्जली
नेपालमञ्च
२०७७ आश्विन २९

सत्तारूढ नेकपाकी सांसद सानु शिवा पहाडीको अन्त्येष्टि गरिएको छ । बुधबार निधन भएकी उनको बिहीबार बिहान अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि अघि सभामुख अग्नि प्रसाद सापकोटाले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

मुटुको समस्या भएकी उनको काठमाडौंको सिनामंगलस्थित नेपाल मेडिकल कलेजमा उपचार क्रममा बुधबार निधन भएको थियो ।
उनले भारतमा पुगेर मिर्गौला प्रत्यारोपण गराएकी थिइन् भने पाठेघरमा देखिएको ट्युमरको शल्यक्रिया गरिएको थियो । पछिल्लो समय उनको मुटुमा भल्भ राखिएको थियो।

ताप्लेजुङको फुङलिङमा जन्मिएकी उनी इलामबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी थिइन्।