November 1, 2020, Sunday
२०७७, १६ कार्तिक आईतवार
Nepal 1:37:26 pm
सांसद निरु पाललाई कोरोना संक्रमण
नेपालमञ्च
२०७७ आश्विन २९

महिला तथा सामाजिक समितिकी सभापति तथा नेकपा सांसद निरु पाललाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

कोभिड-१९ को लक्षण देखिएपछि परिक्षण गर्दा बुधबार उनको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । हल्का ज्वरो, जिउ धेरै दुख्ने र श्वास फेर्न गाह्रो भएपछि मंगलबार स्वाब दिएको उनले बताएकी छिन् ।

उनले आफ्नो सम्पर्कमा रहेकालाई जाँच गराउन र आफन्तलाई नआत्तिन आग्रह गरेकी छिन् । उनले आफु छिट्टै निको भएर काममा फर्किने बताएकी छिन् ।