November 1, 2020, Sunday
२०७७, १६ कार्तिक आईतवार
Nepal 1:37:26 pm
बादल घिमिरेको ‘बैगुनी -२’ मा पल शाह र मुन्नीको जीवन्त अभिनय
नेपालमञ्च
२०७७ आश्विन २९

छिल्लो समय नेपाली साँगितिक क्षेत्रमा व्यस्त संगीतकार बादल घिमिरेले आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

करिव ८ महिना अघि ‘ बैगुनी (१’ रेलले तान्यो र रु सार्वजनिक भएपछि गीतले ठूलो चर्चा कमाएको थियो । सोही ‘बैगुनी’ गीतको भाग (२ बादल घिमिरेको शब्द र संगीतमा डा। बुद्धिमान श्रेष्ठ र मेलिना राइको स्वरमा ‘ शीतल छायाँलाई ….. ‘ सार्वजनिक भएको हो ।

म्यूजिक भिडियोमा नायक पल शाह , नायिका प्रियना आचार्य ‘मुन्नी’ , कमलमणी नेपाल, रामभजन कामत , अकेशा पोखरेल लगाएतको अभिनय रहेको छ । सुरेन्द्र बसेलको कोरियोग्राफीमा उत्सव दाहलले खिचेको भिडियो लाई दीपक आचार्य (काकु) ले निर्देशन गरेका हुन् । गीत ‘ बादल घिमिरे’ युट्युब च्यानलबाट अपलोड गरिएको छ ।