
काठमाडौं : स्वास्थ्य तथा जनसंख्य मन्त्रालय परिसरमा धुमपान गर्न निषेध गरिएको छ ।
सिंहदवार बाहिर रहेको स्वास्थ्य मन्त्रालय परिसरमा धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन गरे कारवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।
मन्त्रालयले बुधबार सूचना टाँस गर्दै धुमपान नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।
मन्त्रालयले क्यान्टिन वरपरका क्षेत्रमा सूचना टाँस गर्दै सर्वसाधारणलाई सुर्तीजन्य पदार्थ सेवन नगर्न आग्रह गरेको हो ।
सूचनामा मन्त्रालय परिसर धूमपान तथा सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र भएको स्मरण गराउँदै त्यसको अवज्ञा गर्नेलाई सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा १७ बमोजिम कारवाही हुने चेतावनी समेत दिएको छ।
तीन बर्ष अघि राज्यमन्त्रीको रुपमा पद्मा अर्यालले नेतृत्व सम्हाल्दा मन्त्रालय छिर्ने व्यक्तिको खल्तीमा भएको सुर्तीजन्य पदार्थ मूल गेटमै फ्याक्न लगाइन्थ्यो ।
पछि स्वास्थ्य मन्त्रीको रुपमा उपेन्द्र यादव आइसकेपछि सो व्यवस्था हटाइएको थियो ।

प्रतिक्रिया