
एजेन्सी: विनाशकारी हिमआँधीका कारण बिद्युत उत्पादन प्लान्टमै असर परेपछि अमेरिकाको टेक्सास राज्यका अधिकांश स्थानमा विजुली छैन ।
जनताको पीडाको समयमा ‘बलियाहरु बाँच्नेछन्, कमजोरहरु कमजोर नै रहन्छन्’ भनेर फेसबुकमा पोष्ट गर्ने टेक्सासको एक सहरमा मेयरले राजीनामा दिनुपरेको छ ।
कोलोराडो सिटीका मेयर टिम बोइडले रोइरहेका र सहयोगको आशामा रहेका जनतामाथिको भद्दा टिप्पणीपछि देशभरबाट आक्रोसको सामना गर्नुपर्यो ।
फेसबुकमा उनले लेखेका थिए, ‘डुब्ने र तैरिने यो तपाईको रोजाई रह्यो । शहरले, देशले वा अन्य कुनै सेवाले केहि गर्न सक्दैन ।
टेक्सासका लाखौं अमेरिकी तीन दिनदेखि विजुलीबिहीन अवस्थामा छन् । अमेरिकाको दक्षिणी राज्यहरुमा हिमआँधीका कारण अहिलेसम्म २० जनाभन्दा बढीको मृत्यु भएको छ ।
उनले अहिले त्यो पोष्ट हटाएका छन् र नयाँ पोष्टमा राजीनामासहित अघिल्लो पोष्टप्रति माफी पनि मागेका छन् । फेसबुक पोष्टपछि धेरैले उनी र उनको परिवारप्रति नकारात्मक टिप्पणी गरेका थिए ।
कोलोराडो सिटी टेक्सासको मध्य पश्चिमी क्षेत्रमा छ । यहाँको जनसंख्या ४ हजार छ ।
प्रतिक्रिया