२०७७, २४ फाल्गुन सोमबार
Nepal 1:37:26 pm
Trending
अखिल नेपाल फुटबल संघ (एन्फा) आगलागी ईलाका प्रहरी कार्यालय दुहबी ऋषिराम कट्टेल केपी शर्मा ओली कोरोना खोप कोरोनाविरुद्धको खोप गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड ज्योति लाइफ इन्स्योरेन्स डा बाबुराम भट्टराई डा शशांक कोइराला तिलोत्तमा नगर समिति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धर्मेन्द्र बास्तोला नर्भिक अस्पताल नविन्द्रराज जोशी नारायणगढ-मुग्लिन सडक निर्वाचन आयोग नेकपा नामको आधिकारीता नेत्रविक्रम चन्द विप्लव नेपाली कांग्रेस पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वाञ्चल क्यान्सर अस्पताल प्रचण्ड-नेपाल प्रचण्ड-नेपाल समूह प्रचण्ड-माधव समूह प्रतिनिधिसभा अधिवेशन प्रतिनिधिसभा विघटन मेलम्ची मेलम्ची खानेपानी आयोजना मौसम पूर्वानुमान महाशाखा राजीनामा वार्ता टोली शंकर पोखरल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसद् पुनःस्थापना सत्ता समिकरण सर्वाेच्च अदालत सर्वोच्च अदालत सुनको मूल्य सुरक्षा परिषद् स्थायी कमिटी बैठक स्पार्क हेल्थ होम
एभर्टनमाथिको जितसँगै सिटीलाई प्रिमियर लिगमा १० अंकको अग्रता
एजेन्सी
२०७७ फाल्गुन ६ बिहीबार
  •  
  •  
  •  
  •  

185

एजेन्सी : एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोटीले आफ्नो टिम पराति भएपछि म्यानचेस्टस सिटीले चार सिजनमा तेस्रोपल्ट इंग्लिस प्रिमियर लिगको उपाधि जित्ने आंकलन गरेका छन् ।

एन्सेलोटीका अनुसार पेप ग्वार्डिओला प्रशिक्षित सिटीलाई राक्नु ‘लगभग असम्भव’ हुँदै गइरहेको छ, जो १४ खेल बाँकी रहँदा १० अंकको स्पष्ट अग्रतामा छ ।

‘मेरो बिचारमा अहिलेको स्थितिमा उनीहरुबाहेक अरु नाम भन्नु निकै मुस्किल हुनेछ,’ एभर्टन जुन टिमसँग अहिले हारेको छ त्यो टोली प्रिमियर लिग च्याम्पियन बन्नेछ रु भनेर सोधिएको प्रश्नमा उनले थपे, ‘अव उनीहरुलाई रोक्नु लगभग असम्भव छ । अहिलेको समयमा सिटी सर्वश्रेष्ठ टोली हो । उनीहरुसँग क्षमता, शक्ति र विश्वास छ । उनीहरुसँगको प्रतिस्पर्धा निकै नै कठिन हुन्छ ।’

फावियो फोडेनले ३२ औं मिनेटमा गोल गरे पनि त्यसको ५ मिनेटपछि नै रिचरलिसनले बराबरी गोल फर्काएका थिए । सिटीले खुला खेलमा जनवरी ३ पनि पहिलो गोल खाएको हो ।

दोस्रो हाफमा रियाद मेहेरेज र बर्नान्डो शिल्भाले गोल गरेपछि सिटीले ३-१ को जित निश्चित गरेको हो । सबै प्रतियोगितामा गरेर सिटीको यो लगातार १७ औं जित पनि हो ।

एभर्टनलाई हराएसँगै म्यानचेस्टर सिटीले इंग्लिस शीर्ष डिभिजनमा वर्षको सुरुआती १० खेल जित्ने कीर्तिमान पनि कायम गरेको छ ।

सिटी २४ खेलबाट ५६ अंकसहित समान खेल खेलेको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा १० अंकले अगाडि छ ।

भर्खरै