सोमबार, मंसिर २० २०७८

गायिका विष्णु माझीलाई सरकारकाले विभुषण प्रदान गर्ने, जालिन् त लिन ?

गायिका विष्णु माझीलाई सरकारकाले विभुषण प्रदान गर्ने, जालिन् त लिन ?


Nepal Manch
असोज ३ २०७८, आइतबार

काठमाडौँ – सरकारले गायिका विष्णु माझीलाई विभुषण प्रदान गर्ने भएको छ । नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका माझीलाई सरकारले विभुषण दिने तयारी गरेको हो । विभुषण प्रदान गर्ने सूचिमा उनको पनि नाम समावेश रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । यसपटक विभुषित हुने सम्भवतः उनी एक्ली गायिका हुन् ।

नायिकामा भने केकी अधिकारी पनि सरकारबाट संविधान दिवसका दिन प्रदान गरिने विभुषणको सुचिमा परेकी छन् । संविधान दिवस ०७८ का अवसरमा नायिका अधिकारीसहित नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पनि विभुषण प्रदान गरिने भएको छ ।

सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका दिग्गजलाई विभुषणबाट सम्मान गर्दै आएको छ । उक्त विभुषण राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने तय भएको छ । चर्चित गायिका भएर पनि सञ्चार क्षेत्र तथा सार्वजनिक कार्यक्रमबाट पुरै टाढा रहेकी विष्णु माझी विभुषण लिन भने जान्छिन् कि जान्नन् चासाेकाे विषय छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट