कांग्रेस महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव, यस्तो छ नयाँ कार्यतालिका

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा २०७८ भदौमा १४ औं महधिवेशन गर्ने प्रस्ताव पेस भएको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आगामी भदौ ७ गते देखि १० गते सम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

बुधबारबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकको बारेमा पत्रकारहरुलाई जानकारी गराउँदै प्रवक्ता शर्माले २०७८ भदौ ७, ८, ९ र १० गते केन्द्रीय महाधिवेसन काठमाडौंमा गर्ने प्रस्ताव पेस भएको बताए ।

यस्तै गाउँनगरको वडा अधिवेशन असार २० गते, गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव पनि केन्द्रीय कार्यसमितिमा पेस भएको छ ।

प्रतिक्रिया

TOP