भागरथी बलात्कारपछि हत्यामा संलग्न भएको आशंकामा छिमेकी किशोर प्रहरी नियन्त्रणमा

बैतडी : भागरथी भट्ट बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।

पक्राउ पर्ने व्यक्ति सनातन माविमै अध्ययनरत विद्यार्थी हुन् ।

भागरथीका छिमेकीसमेत रहेका उनलाई बुधबार सार्वजनिक गरिने प्रहरीले बताएको छ ।

प्रहरी स्रोतका अनुसार ती विद्यार्थीले प्रहरीसमक्ष विद्यालयबाट फर्कंदा भागरथीको बलात्कार र हत्या गरेको स्विकारिसकेका छन् ।

जिल्ला प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले यसबारे पत्रकार सम्मेलन गरेर पुष्टि गर्ने बताए ।

दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव माघ २२ गते खोचलेक-चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो ।

वडा नम्बर ३ स्थित सनातनधर्म माविमा कक्षा १२ मा अध्यनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन् । त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको हो ।

प्रतिक्रिया

TOP