एक हप्तामै दोस्रो पटक बढ्यो पेट्रोलको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य बढाएको हो ।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै, डिजल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

अझै निगमलाई पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा, डिजलमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा २ सय ८५ रुपैयाँ ८३ पैसा घाटा छ । मट्टीतेलमा भने निगम नाफामा छ ।

नयाँ मूल्यसूचीअनुसार १५ दिनमा ६ करोड ७ लाख रुपैयाँ घाटा रहेको निगमको दाबी छ ।

भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार घाटा अझै चुलिने भएपछि तेलको मूल्य बढाएको निगमले जनाएको छ ।

प्रतिक्रिया

TOP