
काठमाडौं : सपना रोका मगरका गोप्य तस्विर सार्वजनिक गरिदिने धम्की दिँदै आएका विनयजङ्ग बस्नेत पक्राउ परेका छन् ।
काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएका बस्नेतविरुद्ध सपनाले प्रहरीमा उजुरी दिएकी थिइन् ।
बीबीसीले सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् ।
सोही जाहेरीका आधारमा प्रहरीले मंगलबार उनलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।
काठमाडौंमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए ।
सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो
प्रतिक्रिया