२०७७, २२ फाल्गुन शनिबार
Nepal 1:37:26 pm
Trending
अखिल नेपाल फुटबल संघ (एन्फा) अग्‍नि खरेल ऋषिराम कट्टेल कोरोना खोप कोरोना बिमा जनसम्पर्क समिति ज्योति लाइफ इन्स्योरेन्स डा. रवीन्द्र पाण्डे डा बाबुराम भट्टराई डा शशांक कोइराला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नर्भिक अस्पताल नविन्द्रराज जोशी निर्वाचन आयोग नेत्रविक्रम चन्द विप्लव नेपाली कांग्रेस नेप्से पूर्वाञ्चल क्यान्सर अस्पताल प्रचण्ड प्रचण्ड-नेपाल प्रचण्ड-नेपाल समूह प्रचण्ड-माधव समूह प्रतिनिधिसभा विघटन प्रदेश सभा प्रधानमन्त्री मेलम्ची मेलम्ची खानेपानी आयोजना मौसम मौसम पूर्वानुमान महाशाखा राजीनामा वार्ता टोली विवेकशील साझा शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसद् पुनःस्थापना सत्तापक्षीय सत्ता समिकरण सर्वाेच्च अदालत सर्वोच्च अदालत साझा विवेकशील पार्टी सुनको मूल्य सुरक्षा परिषद् स्थायी कमिटी बैठक हृदयघात
बैतडीमा काँग्रेस नेता एनपी साउद, डिला संग्रौला सहभागि कार्यक्रममा ओली समूहको आक्रमण
नेपालमञ्च संवाददाता
२०७७ फाल्गुन ४ मंगलवार
  •  
  •  
  •  
  •  

410

बैतडी : नेपाली काँग्रेसका नेता एनपी साउद, डिला संग्रौलामाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन् ।

बैतडीको डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा सहभागी नेता साउदमाथि नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा मुकेश पालको नेतृत्वमा आएको समूहले आक्रमण गरेको हो ।

उक्त समूहले ढुङ्गा मुढा गर्दा नेता साउदको पेटमा ढुङ्गा लागेको नेपाल प्रेस युनियनका महाकाली संयोजक हरिश भट्टले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरूको ढुङ्गा मुढापछि काँग्रेसको आमसभा बिथोलिएको थियो ।

उनीहरूको ढुङ्गा लागेर काँग्रेसका स्थानीय कार्यकर्ता जयराज जोशीसहित अन्य एक जना पनि घाइते भएका छन् । उनीहरूको टाउकोमा चोट लागेको भट्टले जानकारी दिए ।

नेता भट्टका अनुसार आक्रमणपछि काँग्रेसले आमसभा आयोजना गरेको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको थियो । जोशीसहित एक सय जना सोमबार काँग्रेस प्रवेश गरेका थिए ।

भर्खरै