नयाँ शैक्षिक सत्र असारबाट सुरु हुने, कक्षा १० मा पनि नयाँ विद्यार्थी भर्ना गर्न पाइने

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुने बताएका छन्।

मंगलबार सफलता एचआईभी शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी मन्त्री श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नयाँ शैक्षिक सत्र असार महिनादेखि शुरु हुने बताएका हुन्।

‘यसका लागि मन्त्रालयले तयारी गरिसकेको छ,’ मन्त्री श्रेष्ठले भने।

त्यस्तै अबदेखि कक्षा १० मा विद्यार्थी भर्ना हुन पाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संशोधन प्रस्ताव गरेअनुसार शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ राजपत्रमा प्रकाशित भएसँगै प्रावधान खुला गरिएको हो ।

हालसम्म कक्षा १० मा विद्यार्थी भर्ना प्रावधान थिएन ।

प्रतिक्रिया

TOP