२०७७, २२ फाल्गुन शनिबार
Nepal 1:37:26 pm
Trending
अखिल नेपाल फुटबल संघ (एन्फा) अग्‍नि खरेल ऋषिराम कट्टेल कोरोना खोप कोरोना बिमा जनसम्पर्क समिति ज्योति लाइफ इन्स्योरेन्स डा. रवीन्द्र पाण्डे डा बाबुराम भट्टराई डा शशांक कोइराला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नर्भिक अस्पताल नविन्द्रराज जोशी निर्वाचन आयोग नेत्रविक्रम चन्द विप्लव नेपाली कांग्रेस नेप्से पूर्वाञ्चल क्यान्सर अस्पताल प्रचण्ड प्रचण्ड-नेपाल प्रचण्ड-नेपाल समूह प्रचण्ड-माधव समूह प्रतिनिधिसभा विघटन प्रदेश सभा प्रधानमन्त्री मेलम्ची मेलम्ची खानेपानी आयोजना मौसम मौसम पूर्वानुमान महाशाखा राजीनामा वार्ता टोली विवेकशील साझा शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसद् पुनःस्थापना सत्तापक्षीय सत्ता समिकरण सर्वाेच्च अदालत सर्वोच्च अदालत साझा विवेकशील पार्टी सुनको मूल्य सुरक्षा परिषद् स्थायी कमिटी बैठक हृदयघात
‘सपथ खानेबेला ‘ईश्वर मान्दिन’ भन्ने ओलीको पशुपतिमा विशेष पूजा नौटकीं मात्रै’
नेपालमञ्च संवाददाता
२०७७ फाल्गुन ३ सोमबार
  •  
  •  
  •  
  •  

705

दैलेख : नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेलले केपी ओली सरकारले तीन वर्षमा जनताका लागि कुनै काम नगरेको प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध दैलेखमा आयोजित विरोध प्रदर्शनमा बोल्दै नेता पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रधानमन्त्रीले ओम्नीलाई कतिवटा ठेक्का दिए र यती होल्डिङलाई कतिवटा सरकारी सम्पत्ति जिम्मा लगाए भन्ने कुरा नेपाली जनताका लागि उपलब्धिको विषय नभएको बताउँदै उनले भने, ‘ यो तीन वर्षमा केपी ओलीजीले जनताका निम्ति केही पनि काम गर्नुभएन । तीन वर्षको अवधिमा यो सरकारले एउटा पनि नयाँ परियोजना ल्याएन’ ।

पौडेलले मध्य–पहाडी राजमार्ग, भैरहवा विमानस्थल, पोखरा विमानस्थल, मेलम्ची खानेपानी योजना ओली सरकारले बनाएका योजनाहरु नभएको दाबी गरेका छन् ।

‘पहिले सुरु भएका योजनाहरु निरन्तर चलिरहेका थिए । यो सरकार आएपछि कम एकदमै ढिलो भयो’, उनले भने, ‘यो सरकार आउँदा मेलम्चीको काम जम्मा १०% मात्रै बाँकी थियो । तीन वर्षसम्म त्यो १०% काम पनि पूरा भएन ।’

कार्यक्रममा बोल्दै उनले भने, ‘तीन वर्षमा केपी ओलीजीले कति पटक खोक्नुभयो, कति पटक हाछ्युँ गर्नुभयो र कति पटक अस्पताल जानुभयो ? यो नेपाली जनताको सरोकारको विषय होइन ।’

ओली सरकारले भ्रष्टाचारीहरुलाई संरक्षण गरेको उनको भनाइ थियो । उनले संसदले पास गरेको नेपालको नक्सा केपी ओलीले शिक्षा मन्त्रालयले प्रकाशित गर्ने पाठ्यपुस्तकमा राख्न नदिएको पनि बताए ।

उनले केपी ओलीसँग उखान टुक्का भन्ने मात्रै क्षमता रहेको बताउँदै केपी ओली र नेकपासँग नेपाललाई समृद्ध बनाउने कुनै पनि योजना नभएको जिकीरसमेत गरेका छन् ।

प्रधानमन्त्रीको रुपमा शपथ लिने बेलामा ईश्वरलाई मान्दिन भन्ने केपी ओलीले संसद विघटन गरेर पशुपतिमा सुनको जलप लगाउने घोषणा गरेर नाटक गरेको पनि उनले बताए ।

कार्यक्रममा बोल्दै उनले केपी ओली र विद्यादेवी भण्डारी संविधान भन्दा माथि बस्न खोजेको तर नेपालमा कांग्रेस रहँदासम्म संविधानभन्दा माथि कोहीपनि बस्न नपाउने दाबी गरे ।

भर्खरै