२०७७, २४ फाल्गुन सोमबार
Nepal 1:37:26 pm
Trending
अखिल नेपाल फुटबल संघ (एन्फा) आगलागी ईलाका प्रहरी कार्यालय दुहबी ऋषिराम कट्टेल केपी शर्मा ओली कोरोना खोप कोरोनाविरुद्धको खोप गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड ज्योति लाइफ इन्स्योरेन्स डा बाबुराम भट्टराई डा शशांक कोइराला तिलोत्तमा नगर समिति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धर्मेन्द्र बास्तोला नर्भिक अस्पताल नविन्द्रराज जोशी नारायणगढ-मुग्लिन सडक निर्वाचन आयोग नेकपा नामको आधिकारीता नेत्रविक्रम चन्द विप्लव नेपाली कांग्रेस पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वाञ्चल क्यान्सर अस्पताल प्रचण्ड-नेपाल प्रचण्ड-नेपाल समूह प्रचण्ड-माधव समूह प्रतिनिधिसभा अधिवेशन प्रतिनिधिसभा विघटन मेलम्ची मेलम्ची खानेपानी आयोजना मौसम पूर्वानुमान महाशाखा राजीनामा वार्ता टोली शंकर पोखरल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसद् पुनःस्थापना सत्ता समिकरण सर्वाेच्च अदालत सर्वोच्च अदालत सुनको मूल्य सुरक्षा परिषद् स्थायी कमिटी बैठक स्पार्क हेल्थ होम
निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न आयोगले ढिलाई गरिरहेको देउवाको आरोप
नेपालमञ्च संवाददाता
२०७७ फाल्गुन ३ सोमबार
  •  
  •  
  •  
  •  

360

भैरहवा : कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भएको बताएका छन् । अदालतले भन्दा पनि निर्वाचन आयोगबाट बदमासी हुनसक्ने भन्दै आयोगको पछिल्लो भूमिकाप्रति प्रश्न उठाए ।

प्रधानमन्त्रीले चुनाव घोषणा गरिसक्दा पनि आयोगले कुनै तयारी नगरेको र यसबारे प्रतिक्रिया नदिएकोबारे आशंका गर्नुपर्ने भएको देउवाले बताएका छन् । भैरहवामा सोमबार कांग्रेसको विरोध सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ। किन यसले चुनावको कार्यतालिका प्रकाशित गर्दैन ? सबै पार्टीलाई बोलाएर किन चुनावी कार्यक्रम दिन सक्दैन? अदालतको निर्णय पर्खने काम आयोगको होइन। आयोगले छ महिनाभित्र निर्वाचन गर्छु भनेर जनतालाई भन्नुपर्‍यो’ सभापति देउवाले भने ।

आयोगले चुनावबारे कुनै तयारी नगरेको र नबोलेको भन्दै देउवाले यसबारे आपत्ति जनाएका थिए । उनले भनेका छन्, ‘संसद विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ। तर निर्वाचन आयोगले अझै किन कार्यतालिका ल्याउँदैन? जेठको अन्त्यसम्म चुनाव गर्नैपर्छ। तर निर्वाचन आयोग चुनाव गराउँछु भनेर बोलेकै छैन। बदमासी गर्न सक्छ आयोगले । किन बोल्दैन निर्वाचन आयोग? शंका गर्नुपर्ने बेला भएको छ ।’

अदालतले भन्दा पनि निर्वाचन आयोगले बदमासी गर्नसक्नेमा देउवाले चिन्ता व्यक्त गरेका थिए । तर संसद पुनर्स्थापनाबारे भने देउवाले कुनै प्रतिक्रिया दिएका छैनन् । उनले यसअघि पनि संसद विघटनको मुद्दाबारे अदालतको फैसला पर्खनुपर्ने भन्दैआएका छन् ।

भर्खरै