प्रेमिकालाई त्यो अन्तिम पत्र, ‘लभ फ्रम योर भ्यालेन्टाइन’

आज प्रेम दिवस यसको अहिले संसार भरी चर्चा छ र भनिन्छ जसरी ७ दिन सत्य नारायणको पुजा लगाईन्छ, त्यसरी नै प्रेम दिवसको पनि एक सप्ताह नै मनाउने गरिन्छ ।

बुझेर वा नबुझेर यसबाट नेपाली समाज पनि अछुतो छ भन्ने लाग्दैन । जतिबेला प्रेमको उदाहरण दिइन्छ भगवान महादेव र सत्यवतीको प्रेम, भगवान राम सिताको प्रेम, भगवान राधा कृष्णको प्रेम बारे खासै चर्चा भएको सुनिदैन ।

चर्चा हुन्छ त केवल ई.पू.२७० तिरका एक पादरी सेन्ट भ्यालेन्टाइन मरेको दिनको । उनलाई सम्झेर हामीले यसलाई पर्वका रुपमा तडकभडक गरेर धुमधामका साथ मनाईरहेका हुन्छौ । प्रेम मानव जिवनको भावनात्म शब्द हो जसबाट हामीलाई खुसी मिल्छ, जसबाट हामी आफुलाई खुसी महशुस गर्छौं ।

शब्दमा प्रेमलाई निश्वार्थ चित्रण गरिए तापनि व्यवहारतः वर्तमानमा यदाकदा प्रेममा पनि स्वार्थको गन्ध आईरहेको छ । उसो त प्रेम शब्द प्राणीका लागि जन्मजात वरदान हो, जसरी बच्चा आफ्नो आमाको गर्भबाट हुदै सांसारिक जिवन शुभारम्भ हुन्छ उसको लागि प्रेमको अर्थ आमा हुन्छ ।

प्रेम भनेको बाहिरी देखिने कुरा होईन यो अनुभव हुने कुरा हो, महसुस गर्ने कुरा हो । प्रेम जो कोहिसंग पनि हुन सक्छ । युवा-युवती बीच हुने प्रेमलाई मात्र प्रेम बुझ्यौ भने घोर अन्याय हुन सक्छ । आमाबुवा, दाजुभाई, साथी, आफन्त अनि प्रकृतीसंग पनि प्रेम हुन्छ ।

प्रेम त्यो हो, जसले कसैलाई कष्ट पुर्‍याउँदैन् । जसले एक अर्कालाई खुसीको अनुभूति गराउछ । यसको लागि कुनै दिन नै हुनु पर्छ भन्ने लाग्दैन, हामीले बर्षको ३६५ दिन नै प्रेम दिवसको रुपमा मनायौं भने पनि अनौठो नहोला ।

नबुझेको कुरा के भने हामिलाई ९ महिना गर्भमा राखी बडो दुखले हुर्काउने हाम्रा आमा बुवाहरु जसले हामीलाई जिवनभर निश्वार्थ प्रेम गरिरहे, आफ्नो जीवन हाम्रा लागि समर्पण गरेर आज जुन अवस्थासम्म ल्याई पुर्याए। तर हामीले उहाँहरुको प्रेमलाई बुझ्न सक्दैनौं ।

उसो त सतिदेवीको भगवान शिवप्रतिको त्याग, राधाको श्री कृष्ण प्रतिको त्याग र सीताको श्रीराम प्रतिको त्यागलाई हामीले प्रेम दिवसको रुपमा लिन सक्दैनौ । हामीमाथि पश्चिमी संस्कृती बिस्तारै बिस्तारै यसरी प्रभाव पारिरहेको छ कि जसरी दुधमा बिष मिसाएको पत्तै हुँदैन ।

ईतिहासमा हिम्वत खण्डमा यो भन्दा कयौं गुना त्याग र बलिदान भए होलान् तर हामीले ति त्याग र बलिदानलाई सम्झिनु भन्दा कसैले यसो हो भनेर भनेको भरमा रमाइलो मानेर त्यसलाई पर्वको रुपमा मान्न थाल्यौ ।

ठिक छ, यो मान्नु पर्छ तर पश्चिमाहरुले हाम्रो संस्कृति कति अवलम्वन गरेका छन् । यसो बिचार गरौं त ।

हाम्रो नयाँ बर्ष बैशाख १ गते तर हामीहरु जनवरी १ लाई धुमधामका साथ नयाँ बर्ष भनेर मनाईरहेका छौ तर उनीहरुले बैशाख १ गतेलाई हामीले जसरी मनाउछौं, त्यसरी नै मनाउछन त ?
के पश्चिमा मुलुकहरुमा कृष्ण जन्माष्टमी, राम नवमी यसरी नै मनाईन्छन् त ?

जसरी हामी प्रेमदिवस, क्रिसमस डे लाई महत्व महत्व दिएर मनाईरहेका हुन्छौ । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो भनेर भन्ने गरिन्छ तर हामीले कहिल्यै यो बुझ्न आवश्यक ठानेनौ ।

भगवान महादेवकी अर्धाङ्गिनी सतिदेवीले आफ्नो पतिको आफ्नो बुवाले अपमान गरेको भनेर जलिरहेको आगोमा हाम फालेर आफ्नो प्राण त्याग गर्नुुलाई प्रेमको रुपमा बुझेनौ ।

ईतिहासलाई फर्केर हेर्दा ई.पू. २७० तिर रोमबाट प्रारम्भ भएको यस ‘भ्यालेन्टाइन डे’ पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे ।

उनले सम्राटको उर्दीको विपरित लुकिछिपी जोडीहरूलाई बिहे गराइदिन थाले । एक कान, दुई कान हुँदै यो कुरा सम्राटको कानसम्म पुग्यो । भ्यालेन्टाइनलाई पक्राउ गरियो र जेलमा थुनियो । जेलरकी छोरी उनलाई भेट्न जेलमा आइरहन्थिन् ।

झुण्ड्याइनु अघि उनले “Love from your Valentine” भनि हस्ताक्षर गरी एउटा नोट ती महिलालाई दिए । भ्यालेन्टाइनलाई ई. पू. २७० को फेब्रुअरी १४ तारिखका दिन झुण्ड्याइयो ।

विश्वास गरिन्छ कि उनले ती महिलालाई प्रेमका बारेमा दिएको लिखतबाट भ्यालेन्टाइन्स डेका दिन आफ्नो सन्देश लेखेर दिने चलन चलेको हो । उनलाई मृत्युदण्ड दिएको दिनमा भ्यालेन्टाइन्स डे मनाउन थालिएको हो ।

प्रेम दिवस नेपाली क्यालेन्डर र पात्रोमा कहि कतै उल्लेख र उच्चारण नभएको भए पनि सम्पुर्णमा प्रणय दिवसको शुभकामना ।

प्रतिक्रिया

TOP