२०७७, १३ फाल्गुन बिहीबार
Nepal 1:37:26 pm
Trending
#सर्वाेच्च अदालत #संसद पुनर्स्थापना अग्‍नि खरेल आलिया भट्ट कोरोना खोप कोरोना बिमा खोप अभियान गंगूबाई काठियाडी जनसम्पर्क समिति डा. रवीन्द्र पाण्डे डा बाबुराम भट्टराई नेप्से प्रचण्ड-नेपाल प्रतिनिधि सभा अधिवेशन प्रतिनिधिसभा पुनःस्थापना प्रतिनिधिसभा पुनर्स्थापना प्रतिनिधि सभा बैठक प्रदेश सभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली मेलम्ची रवि लामिछाने राजीनामा वर्षमान पुन विवेकशील साझा शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सत्तापक्षीय सत्ता सहकार्य सर्वाेच्च अदालत सर्वाेच्चको फैसला सर्वोच्च अदालत साझा विवेकशील पार्टी सुरक्षा परिषद् सुवासचन्द्र नेम्वाङ सेयर बजार स्थायी कमिटी स्पार्क हेल्थ होम अस्पताल हृदयघात
लडाकुका नाममा प्रचण्डले १९ अर्ब रुपैयाँ घोटाला गरेको टोपबहादुरको आरोप, सरकारले छानविन गर्ने
नेपालमञ्च संवाददाता
२०७७ फाल्गुन १ शनिबार
  •  
  •  
  •  
  •  

605

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता टोपबहादुर रायमाझीले तत्कालीन जनयुद्धका लडाकुहरुको १९ अर्ब रुपैयाँको हिसाब नदेखाइएको बताएका छन्।

पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै नेता रायमाझीले तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग धेरै हिसाब माग्न बाँकी रहेको बताए।

‘हामीले १९ हजार सेनाहरु राखेर ३४ हजार भत्ता बुझ्यौं। बाबुराम भट्टराईले त्यसको हिसाब राख्नुभएको छ। हामीले त हिसाब राखेका छैनौं,’ उनले भने,‘बाबुराम भट्टराईको भनाईअनुसार त्यो रकम १९ अर्ब छ भन्नुभएको छ। २-४ करोड तलमाथि हुनसक्छ, हिसाब गरौंला। तर, त्यो १९ अर्ब रुपैयाँ कहाँ गयो ?’

उर्जामन्त्री समेत रहेको रायमाझीले वाइसिएलका लागि भनेर निकालिएको थप रकम रकमको समेत हिसाब नदेखाइएको बताए।

फरक प्रसंगमा नेता रायमाझीले ३३ वर्ष पार्टीको नेतृत्व र दुई पटक प्रधानमन्त्री भएर पनि प्रचण्डले जनयुद्ध लड्ने योद्धाहरूको कुनै माग सम्बोधन नगरेको आरोप लगाए।

उनले जनयुद्धमा लडेका लडाकुहरुको सम्मान पनि केपी ओलीले गर्ने अवस्था आएको बताए।

आफूहरुकै आग्रहमा ओली नेतृत्वको सरकारले जनयुद्धका लडाकुहरुको लागि सम्मान र राहत प्याकेज ल्याएको नेता रायमाझीको भनाई छ।

भर्खरै