पंडितको प्रयासले बुद्धको जीवनमा आयो खुसी

काठमाण्डौ : जे जस्तो हालतमा भएपनि आमा र बुवा प्यारो हुन्छन् भन्ने उदाहरण प्रस्तुत गर्ने एउटा सानो बाबुको मर्मस्पर्सी गीतले सात समुद्र पारी बस्ने मनलाई पनि कटक्कै छोयो ।

सात समुन्द्र पारी बस्ने त्यो मनलाई कहिले नेपाल आउँ र उनीहरुलाई सहयोग गरौ भन्ने भावनाले तड्पायो ।

नेपाल आउने वित्तिकै आँखा नदेख्ने बाबु, उनकी श्रीमती र उनीहरुका साना दुई सन्तानलाई एउटा कार्यक्रममा बोलएर एन आर एन नर्वेका पूर्व अध्यक्ष समेत रहनु भएका कुमार पंडितले सहयोग प्रदान गर्नुभयो ।

सो कार्यक्रममा पंडितले रत्नपार्कमा बाबु सँगै गीत गाउने बुद्ध लामाका छोरा बसन्त लामालाई कक्षा दशसम्म अध्ययनका लागि लाग्ने सवै खर्च ब्यहोरिदिने तय गरे ।

अर्को सानो छोरालाई स्कुललले आधा खर्च ब्यहोरिदिने र अन्य बाँकी खर्च कुमार पंडितले ब्यहोरिदिने भएका छन् ।

आँखा नदेख्ने बुद्ध र उनकी श्रीमती युनिका लामाको मायाले ती सानो बाबुलाई यसरी बाध्यो कि उनले गीतमा समेत ‘जुनी जुनी सम्म पनि तिम्रै सन्तान हुन पाउ’ भनेर भगवान सँग प्रार्थना गरेका छन् ।

उनको यस्तो भाव गीतमा सुन्दा कार्यक्रममा उपस्थित सवैका आँखा रसाएका थिए ।

त्यो परिवारले गाएको गीत युट्युवमा स्ुनेपछि पंडितलाई सहयोग गर्नु पर्छ भन्ने भावना पंडितमा जागेको थियो ।

पंडितले सहयोग घोषणा गर्दै गर्दा अन्य मनकारी ब्यक्तित्वहरुले पनि सहयोगको घोषणा गर्न भ्याए । नगद सहयोग गर्नेहरुको संख्या पनि बढ्यो ।

नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९ का इकाई सभापति अनिल थापाले कक्षा १० सम्म उनीहरुलाई लाग्ने स्कुल पोशाकको व्यवस्था गरिदिने घोषणा गरे ।

बसन्त र उनको भाईको अध्ययनका लागी कीर्तिपुरको रारा हिल बोर्डिङ स्कुलले पनि केही सहयोग गर्ने जानकारी पंडितले दिए ।

कार्यक्रम स्थलमै विभिन्न ब्यक्तिहरुबाट करिव ३० हजार रुपैया जम्मा भएको थियो । सो रकम पनि तत्कालै उनको परिवारलाई हस्तान्तरण गरिएको थियो । यो अवधिमा स्वदेश र विदेशबाट उनीहरुलाई सहयोग गर्नेहरु थपिदै गएको पंडितले जानकारी दिए ।

उनले सामाजिक संजाल मार्फत थप सहयोग गर्न अपिल पनि गरेका छन् । सो परिवारका लागि अहिलेसम्म सहयोग गर्नेहरुको नामावली यस प्रकार रहेको छ ।

१) शुभ चिन्तक नर्वेबाट ३० हजार रुपैया
२) पुजा शाही जर्मनीबाट ३० हजार रुपैया
शुभ चिन्तक नेपालबाट १५ हजार रुपैया
उत्तम सिलवालबाट १० हजार रुपैया
सोलुसन ट्राभल्सका सरोज सिलवालबाट १० हजार रुपैया
नारायण मल्ल नर्वेबाट १० हजार रुपैया
विष्णु खरेल युकेबाट ८ हजार रुपैया
ी अधिकारीबाट ५ हजार रुपैया

माधव कार्कीबाट ५ हजार रुपैया
जीवन श्रेष्ठबाट ५ हजार रुपैया
हल्का रमाइलो टिमबाट ५ हजार रुपैया
विशाल रेग्मीबाट ५ हजार रुपैया
सन्तोष कार्की युकेकाट ३ हजार रुपैया
बन्दना खत्री युकेबाट ३ हजार रुपैया
मनोज थापा २ हजार रुपैया
दिपेन्द्र लामाबाट २ हजार रुपैया
निरन्जन केसीबाट २ हजार रुपैया
विक्रम बस्नेत नर्वेबाट २५ सय रुपैया
राजन र रजनी श्रेष्ठ नर्वेबाट तीन हजार रुपैया
सागर अर्याल नर्वेबाट तीन हजार रुपैया
प्रविन विक्रम अधिकारी नर्वेबाट २७ सय रुपैया
सुभाष बस्नेत नर्वेबाट ३४ सय रुपैया
इश्वरी प्रसाद खनाल नर्वेबाट २ हजार रुपैया
दिपक पौडेलबाट तीन हजार तीन सय रुपैया
मिसन सिटौला नर्वेबाट ३ हजार चार सय रुपैया
सिद्धान्त घले नर्वेबाट २ हजार सात सय रुपैया
निशा कार्की नर्वेबाट २ हजार रुपैया
दिपक महत नर्वेबाट २ हजार ७ सय रुपैया
कैलाश श्रेष्ठबाट १ हजार रुपैया
दिपेन्द्र पंडितबाट १ हजार रुपैया
सुर्य कुमार श्रेष्ठ १ हजार रुपैया
शंकर थापा बाट १ हजार रुपैया
जयराम विष्टबाट १ हजार रुपैया

सहयोगी मनहरुबाट प्राप्त सवै रकम बुद्ध लामाको परिवारको खातामा फिक्स डिपोजिट गरिदिने र सोही रकमको ब्याजबाट अध्ययन र अन्य खर्चको प्रबन्ध मिलाइदिने तयारी भएको पनि पंडितले जानकारी दिए ।

विगत १५ बर्ष देखी आँखामा समस्या देखिएपछि बुद्ध यस्तो अवस्थामा पुगेका थिए । उनी श्रीमती र बच्चा सहित रत्नपार्क र आसपासका क्षेत्रमा गीत गाउँदै हिडेर जीविको पार्जन गर्दै आएका थिए ।

पंडितको यो प्रयास पछि अव उनीहरुले सडकमा गीत आएर भीख माग्दै हिड्नु पर्ने अवस्थाबाट मुक्ती मिल्ने विश्वास बुद्धले लिएका छन् ।

दुई सन्तानको पढाइको चिन्ता कम भएपछि बुद्धको अनुहार थप हसिलो भएको छ ।

No description available.
No description available.

प्रतिक्रिया

TOP