भागरथी भट्टको न्यायका पक्षमा नेविसंघको प्रदर्शन (फोटोफिचर)

काठमाडौं : एक साता अघि बैतडीमा बलात्कारपछि हत्या गरिएकी एक किशोरीको न्यायका लागि नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ ।

शुक्रबार नेविसंघ कोटेश्वर बहुमुखी क्याम्पसले विरोध प्रदर्शन आयोजना गरेको हो ।

बुधबार बैतडीको दोगडा केदार गाउँपालिका- ७ मा पर्ने लवलेक सामुदायीक वनमा विद्यालयबाट फर्किने बेला १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो ।

विद्यालयबाट बुधबार घर नआएपछि आफन्तले खोजी गर्दा घरभन्दा- २ किलोमिटरको दूरीमा रहेको लवलेक सामुदायीक वनमा उनको शव फेला परेको थियो ।

नेविसंघ कोटेश्वर क्याम्पसका उपसभापति सञ्जय बुढाथोकीले बलात्कार र हत्याजस्तो जघन्य अपराधमा संलग्नलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिएको बताए ।

उनले घटना भएको एक साता बितिसक्दा पनि सरकारले अपराधी पत्ता लगाउन समेत नसकेको बताए । उनले दोषीलाई तत्काल पक्राउ गरेर कडा कारवाही गर्नुपर्ने माग गरे।

विद्यार्थीहरुरुले ‘भागरथी भट्टलाई न्याय दे ,महिला स्वतन्त्रता कायम गर , निर्मला पन्तको हत्यारा चाडै खोजियोस’ लेखिएका पम्प्लेट बोक्दै नाराबाजी गरेका थिए ।

विद्यार्थीहरुले भागरथी भट्टको घटना निर्मला पन्तजस्तै नबनोस् भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

भागरथी भट्टको न्यायका लागि देशभर प्रदर्शन भइरहेको छ ।

सरकारले घटनाको अनुसन्धान भइरहेको जनाएपनि अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा लिएको छैन ।

May be an image of 6 people, people standing and outdoors
May be an image of 1 person and standing
May be an image of 6 people, people standing, people sitting, crowd and outdoors
May be an image of 1 person, standing and outdoors
May be an image of 2 people, people standing, people sitting and outdoors
May be an image of 5 people, people standing and outdoors
May be an image of 3 people, people standing and outdoors

प्रतिक्रिया

TOP