२०७७, २२ फाल्गुन शनिबार
Nepal 1:37:26 pm
Trending
अखिल नेपाल फुटबल संघ (एन्फा) अग्‍नि खरेल ऋषिराम कट्टेल कोरोना खोप कोरोना बिमा जनसम्पर्क समिति ज्योति लाइफ इन्स्योरेन्स डा. रवीन्द्र पाण्डे डा बाबुराम भट्टराई डा शशांक कोइराला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नर्भिक अस्पताल नविन्द्रराज जोशी निर्वाचन आयोग नेत्रविक्रम चन्द विप्लव नेपाली कांग्रेस नेप्से पूर्वाञ्चल क्यान्सर अस्पताल प्रचण्ड प्रचण्ड-नेपाल प्रचण्ड-नेपाल समूह प्रचण्ड-माधव समूह प्रतिनिधिसभा विघटन प्रदेश सभा प्रधानमन्त्री मेलम्ची मेलम्ची खानेपानी आयोजना मौसम मौसम पूर्वानुमान महाशाखा राजीनामा वार्ता टोली विवेकशील साझा शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसद् पुनःस्थापना सत्तापक्षीय सत्ता समिकरण सर्वाेच्च अदालत सर्वोच्च अदालत साझा विवेकशील पार्टी सुनको मूल्य सुरक्षा परिषद् स्थायी कमिटी बैठक हृदयघात
प्रधानमन्त्री ओलीलाई जेल हाल्नुपर्ने उपेन्द्र यादवको तर्क, ओलीले सैनिक शासन लगाउन सक्ने दावी
नेपालमञ्च संवाददाता
२०७७ माघ २८ बुधबार
  •  
  •  
  •  
  •  

415

राजविराज : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसद विघटन गरेको कसुरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेल हाल्नुपर्ने तर्क गरेका छन् ।

उनले ओलीले संविधान उल्लंघन गरेकाले जेल हाल्नुपर्ने बताएका हुन् ।

सप्तरीको महदेवा गाउँपालिकाको डाढामा बुधबार आयोजित विरोध सभालाई सम्बोधन गर्दे अध्यक्ष यादवले भने, ‘कसैले ऐन कानुन उल्लंघन गरेमा कारबाही गरिने व्यवस्था अनुरुप देशको मूल कानुन उल्लंघन गरि प्रतिनिधिसभा विघटन गरेका ओलीलाई जेल हाल्नु पर्छ ।’

उनले ओलीले मुलुकमा संकटकाल र सैनिक शासन लगाउने दावी पनि गरे ।

ओली शासन पतन उन्मुख भएकाले मुलुकमा थप संकट आउन सक्नेतर्फ अध्यक्ष यादवले संकेत गरे ।

‘जनता सडकमा छन्, सरकार आन्दोलन थेग्न नसके संकटकाल र सैनिक शासन लगाउने सोचमा छ,’ यादवले भने, ‘तर अधिनायकवाद र निरंकुशताकाविरुद्ध जनसंघर्षले ओलीलाई पतनको बाटो देखाउनेछ ।’

निर्वाचन आयोगसमेत प्रधानमन्त्री ओलीको नियन्त्रणमा रहेको उनको आरोप छ ।

उनले ओलीले निर्वाचन नगराउने जीकिर गरे ।

भर्खरै