आजको मौसम : उच्च पहाडी र हिमाली भेगमा हिमपात, काठमाडौंमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले बुधबार उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेश– १ र बाग्मती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि समान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ ।

आज (बुधबार) दिउँसो देशभर आंशिक बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बुधबार राति बाग्मती, गण्डकी र प्रदेश नं १ का पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया

TOP