केयूकेएलको अध्यक्षमा सहसचिव त्रिरेशप्रसाद खत्री चयन

काठमाडौँ : काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को बोर्ड बैठकले त्रिरेशप्रसाद खत्रीलाई अध्यक्षमा चयन गरेको छ ।

मंगलबार बसेको बोर्डको बैठकले खत्रीलाई अध्यक्ष नियुक्त गरेको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले बताए ।

‘बहुमत सदस्यले खत्रीसरलाई अध्यक्षमा चयन गरेको छ,’ उनले भने, ‘मेलम्चीको पानी काठमाडौं आउने तरखरमा छ, अब अध्यक्ष चयन भइसकेपछि समन्वय गर्न निकै सजिलो हुन्छ।’

नेपाल सरकारको सह-सचिव समेत रहेका खत्री मेलम्ची खानेपानी आयोजनाका आयोजना प्रमुख हुन् ।

यसअघि उनी मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनका प्रमुखसमेत भइसकेका हुन् ।

नेपाल सरकार, काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, उपत्यका १६ वटै नगरपालिका केयूकेएलको शेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया

TOP