प्रचण्ड-नेपाल समूहले बुधबार काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, दुई लाख मान्छे उतार्ने तयारी

काठमाडौं : प्रचण्ड-नेपाल समूहको नेकपाले बुधबार संघीय राजधानी काठमाडौंमा दुई लाख मान्छे उतार्ने तयारी गरेको छ ।

नेकपाकै केपी शर्मा ओली नेतृत्वको समूहले केही दिन काठमाडौंमा विशाल आमसभा आयोजना गरेको हो ।

नेकपाभित्रको दुई समूहबीचको शक्ति संघर्ष यतिबेला सडकमा आफ्ना पक्षमा बढी मान्छे देखाउने प्रतिस्पर्धामा पुगेको छ ।

दुबै समूहले आफूलाई बलियो देखाउन मुलुकका विभिन्न शहरमा निरन्तर आमसभा गर्दै आएका छन् ।

प्रचण्ड नेपाल समूहले बुधबारको विरोध सभामा अहिलेसम्मकै धेरै मान्छे सहभागि गराउने दावी गरेको छ ।

उक्त समूहले यो विरोध सभालाई आफ्नो प्रतिष्ठाको विषय बनाएको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपाभित्र दुई समूहबीचको शक्ति संघर्ष चर्किएको हो ।

दुबै समूहले आफूलाई आधिकारीक दावी गर्दै आएका छन् ।

प्रतिक्रिया

TOP