
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी २०८२ वैशाख १७ गते बुधबार बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा दिउँसो १ः०० बजेका लागि तय गरिएको छ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा केन्द्रीय पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूलाई समयमै उपस्थित हुन निर्देशनसहित अनुरोध गरिएको छ।बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संगठनात्मक विषय र आगामी रणनीतिका बारेमा छलफल हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया