नयाँ वर्षको सुरुवातमै सुनचाँदीको मूल्य घट्यो

काठमाडौं : नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेर १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ घटेर १ हजार ९४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

गत आइतबार मात्र सुनको मूल्य १ लाख ८६ हजार रुपैयाँ र चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ प्रतितोला थियो। सार्वजनिक बिदापछि पहिलो कारोबार दिनमै सुनचाँदीको मूल्य घट्दा उपभोक्ताले केही राहत महसुस गरेका छन्।

प्रतिक्रिया

TOP