एम्बाप्पेलाई रेड कार्ड, रियल मड्रिडको जीत

काठमाडौं : प्रमुख स्ट्राइकर केलियन एम्बाप्पेले रेड कार्ड पाए पनि रियल मड्रिडले अल्भेसमाथि १–० को कठिन जित निकाल्दै ला लिगा लिडर बार्सिलोनासँगको अंक दुरी घटाएको छ।

आइतबार सम्पन्न स्पेनिस ला लिगाको खेलमा रियल मड्रिडका लागि निर्णायक गोल इडुआर्डो कामाभिन्गाले खेलको ३४औं मिनेटमा गरेका थिए। खेलको ३८औं मिनेटमा एम्बाप्पेले रातो कार्ड पाउँदा रियल १० खेलाडीमा सीमित भएको थियो। उनी खराब ट्याकलको सिकार बनेका थिए तर अन्ततः उनैलाई मैदानबाट बाहिर पठाइयो।

७०औं मिनेटमा अल्भेसका मुना सान्चेज पनि रातो कार्ड खाँदै बाहिरिएपछि दुवै टोली १०-१० खेलाडीमा सीमित भएका थिए।

जितपछि रियल मड्रिडले बार्सिलोनासँगको अंक दुरी कम गरेको छ। हाल बार्सिलोना ७० अंकसहित शीर्ष स्थानमा रहेको छ। एम्बाप्पे भने आगामी अप्रिल २६ मा हुने एल क्लासिको मिस गर्ने निश्चित भएको छ।

प्रतिक्रिया

TOP