
काठमाडौं: हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको फाइनलमा नेपालले कुवेतविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ। नेपालका कप्तान रोहित पौडेलले टस जित्दै विपक्षी टोलीलाई ब्याटिङको निम्तो दिएका हुन्।
नेपालले समूह चरणमा ३ खेलमा अपराजित रहँदै ५ अंक जोडेको थियो भने कुवेतले ३ खेलबाट ४ अंक जोड्दै फाइनलमा स्थान बनाएको हो।
प्रतिक्रिया