हङकङ टी-२०आई प्रतियोगिताको फाइनलमा आज नेपाल र कुवेत खेल्दै

काठमाडौं: हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै छन् । शनिबार आयोजक हङकङविरुद्धको लिग चरणको अन्तिम खेल वर्षाले अवरुद्ध भएपछि नेपाल उत्कृष्ट रन रेटका आधारमा शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो।

नेपालले यसअघि नै कुवेत र कतारलाई हराउँदै अपराजित यात्रा तय गरिसकेको छ। लिगको अन्तिम खेल हङकङसँग ९ ओभरसम्म खेलेपछि वर्षाका कारण रद्द हुँदा दुवै टोलीले अंक बाँडे। सो परिणामसँगै नेपालले तीन खेलबाट ५ अंक जोड्दै फाइनलको बाटो पक्का गरेको हो।

आजको फाइनलमा नेपालले त्यसै कुवेतसँग भिड्नेछ, जसलाई समूह चरणमा उसले ६ विकेटले पराजित गरिसकेको थियो। यता, कुवेतले अन्तिम लिग खेलमा कतारलाई हराउँदै फाइनलमा स्थान बनाएको हो।

सिरिजको निर्णायक भिडन्तमा आज नेपाल उपाधि जित्ने दाउमा मैदानमा उत्रनेछ।

प्रतिक्रिया

TOP