
काठमाडौं : वर्षाका कारण हङकङविरुद्धको लिग चरणको अन्तिम खेल रद्द भएपछि नेपाल चारदेशीय टी–२० क्रिकेट सिरिजको फाइनलमा अपराजित रहँदै प्रवेश गरेको छ।
शुक्रबार भएको खेलमा हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाएको थियो। तर, त्यसपछि लगातारको वर्षाले खेल रोकिएको र फेरि सुरु हुन नसकेकोले दुवै टोलीले एक–एक अंक बाँडे।
यस बराबरीसँगै नेपाल ३ खेलबाट ५ अंक जोडेर समूह विजेता बन्यो। अब नेपालले उपाधिका लागि आइतबार कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। कुवेत समूह उपविजेता बन्दै फाइनलमा पुगेको हो।
यसअघि लिग चरणमा नेपालले कुवेतलाई ६ विकेटले हराएको थियो। हङकङ र कतार भने तेस्रो स्थानका लागि भिड्नेछन्।
प्रतिक्रिया