देशका पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना, तुवाँलो क्रमशः घट्ने

काठमाडौँ : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हाल हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी क्षेत्रमा मुख्यतः सफा वा आंशिक बदलीको अवस्था देखिएको छ।

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेको बताइएको छ।

शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनीसहित देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार हालसम्म देशव्यापी रुपमा देखिएको तुवाँलो क्रमशः कम हुँदै जानेछ।

वर्षा, चट्याङ, हिमपातजस्ता मौसमीय घटनाहरूले स्वास्थ्य, जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा असर गर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया

TOP