ब्रेकअपकाे बदलामा सलमानले ऐश्वर्यालाई निकालेका थिए ५ फिल्मबाट

मुम्बई : हिन्दी सिनेमाका चर्चित जोडीमध्ये एक मानिने ऐश्वर्या राय र सलमान खानको प्रेम र त्यसपछि भएको ब्रेकअपले बलिउडमा ठूलै हलचल मचाएको थियो। फिल्म ‘हम दिल दे चुके सनम’ (१९९९) मा सँगै काम गर्दा उनीहरूबीच प्रेम सम्बन्ध सुरु भएको थियो, तर त्यो धेरै समय टिक्न सकेन। सम्बन्ध विच्छेदपछि दुबैले एकअर्कालाई सार्वजनिक रूपमा दोषारोपणसमेत गरे।

ब्रेकअपपछि ऐश्वर्या रायको करियरमा ठूलो असर पर्यो। भारतीय मिडियाका अनुसार, उनले एकपछि अर्को गर्दै पाँच ठूला फिल्म गुमाएकी थिइन् — ती पनि सबै सुपरहिट सावित भएका थिए।

पाँच फिल्मबाट बाहिरिएपछि ऐश्वर्याको पीडा

एक अन्तर्वार्तामा ऐश्वर्याले यसबारे खुलेर कुरा गरेकी थिइन्। अभिनेत्री सिमी ग्रेवालको टक शोमा सहभागी हुँदा उनले स्विकार गरेकी थिइन् कि फिल्म ‘वीर जारा’ उनको लागि बनाइएको थियो। त्यसबेला उनी शाहरुख खानसँग विभिन्न फिल्ममा काम गरिरहेकी थिइन्। तर अचानक सबै प्रोजेक्टबाट उनको नाम हटाइयो।

सिमीले सोधेको प्रश्नमा ऐश्वर्याले भनिन्, “हो, केही फिल्ममा काम गर्ने कुरा चलिरहेको थियो, तर मलाई केही पनि जानकारी नदिई हटाइयो। मलाई बिल्कुलै नराम्रो लाग्यो।”

सलमानको हस्तक्षेप

कावेरी बमजाईको पुस्तक थ्री खान अनुसार, सलमानले ‘चलते चलते’ को सेटमा पुगेपछि हंगामा मच्चाएका थिए, जसका कारण सुटिङ नै अवरुद्ध भएको थियो। त्यसपछि न केवल ‘चलते चलते’ बाट, ऐश्वर्यालाई ‘वीर जारा’, ‘मै हूँ ना’, ‘पहेली’ र ‘मुन्नाभाई एमबीबीएस’ जस्ता चर्चित फिल्मबाट पनि हटाइयो।

यीमध्ये ‘मुन्नाभाई’ बाहेक अन्य चार फिल्ममा उनी शाहरुख खानको अपोजिट रोलमा देखिने तयारीमा थिइन्। तर सबै फिल्म हातबाट गुमे। यी सबै घटनाले उनको करियरमा गहिरो प्रभाव पारेको थियो।

शान्त तर शक्तिशाली प्रतिक्रिया

ऐश्वर्या रायले आफ्नो दर्द र व्यथालाई शान्त तर दृढ शब्दमा अभिव्यक्त गरिन्। उनले न त कोही दोष लगाए, न नकारात्मक प्रतिक्रिया दिइन् — तर उनको कथाले बलिउडमा महिला कलाकारले सहनु परेको दबाब र अन्यायलाई उजागर गरेको छ।

प्रतिक्रिया

TOP