सन्नी देओलको ‘जाट’: पारिश्रमिकको नयाँ कीर्तिमान कायम, ५० करोड लिने पहिलो फिल्म

मुम्बई: बलिउड अभिनेता सन्नी देओल बहुप्रतिक्षित फिल्म ‘जाट’ मार्फत पुनः ठूलो पर्दामा देखिँदै छन्। ‘गदर २’ को ऐतिहासिक सफलतापछि यो उनको पहिलो ठूलो रिलिज हो, जसप्रति दर्शकहरूमा उच्च उत्साह देखिएको छ।

फिल्मको कथा र एक्सन मात्र नभई कलाकारहरूको पारिश्रमिक पनि चर्चाको केन्द्र बनेको छ। सन्नी देओलले ‘जाट’ का लागि ५० करोड भारु पारिश्रमिक लिएका छन्, जुन उनको ४२ वर्षे करियरमा अहिलेसम्मकै सबैभन्दा ठूलो हो।

फिल्मको कुल लागत करिब २ सय करोड भारु रहेको बताइएको छ। यस फिल्ममा रणदीप हुड्डा, जगपति बाबु, राम्या कृष्णन, सैयामी खेर, र विनीत कुमार सिंह लगायतका कलाकारको पनि प्रमुख भूमिका रहेको छ।

रिपोर्टअनुसार:

-रणदीप हुड्डाले ७ करोड भारु पारिश्रमिक पाएका छन्।

-जगपति बाबुले १ करोड,

-राम्या कृष्णनले ७० लाख,

-सैयामी खेरले १ करोड, र

-विनीत कुमार सिंहले १ देखि २ करोड रुपैयाँसम्म लिएका छन्।

यस स्तरको लगानी र स्टार कास्टलाई लिएर ‘जाट’ अहिले नै बलिउडमा चासोको विषय बनेको छ। फिल्मको प्रदर्शन मितिको औपचारिक घोषणा भने अझै गरिएको छैन।

प्रतिक्रिया

TOP