
काठमाडौं : नेपाल बार एसोसिएसनको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रा.डा. विजयकुमार मिश्रले झन्डै दोब्बर मतान्तरसहित बलियो अग्रता बनाएका छन्। हालसम्मको मतगणनाअनुसार मिश्रले २,०१० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी रमनकुमार श्रेष्ठले १,००७ मत प्राप्त गरेका छन्।
अन्य उम्मेदवारहरू मध्ये राजु कैतीले ९, उज्वल घिमिरेले ५ र आषिश पुडासैनीले १५ मत प्राप्त गरेका छन्।
अध्यक्ष मात्र होइन, उपाध्यक्षसहित अन्य पदहरूमा पनि मिश्रको प्यानल नै अग्रस्थानमा देखिएको छ।
प्रदेशअनुसार उपाध्यक्षको मतपरिणाम यस्तो छ:
-कोसी प्रदेश: पदमप्रसाद लिम्बू – २,१५८, कर्णबहादुर राई – ७९०
-मधेस प्रदेश: अजशंकर झा – २,१६४, प्रमोद प्रसाद – ७७०
-बाग्मती प्रदेश: तेजबहादुर रावल – २,११२, डकेन्द्रप्रसाद सुवेदी – ८४२
-गण्डकी प्रदेश: भूपेन्द्र खनाल – २,०२२, सुकेदेव गौतम – ९२६
-लुम्बिनी प्रदेश: कृष्णप्रसाद पोखरेल – २,१६८, तीर्थराज ज्ञवाली – ७७९
-कर्णाली प्रदेश: विवसकुमार बस्नेत – २,१३७, धर्मराज न्यौपाने – ७९०
-सुदूरपश्चिम प्रदेश: सिद्धराज ओझा – २,१४४, पदमराज शर्मा – ७७१
महिला उपाध्यक्षतर्फ:
-सरस्वती श्रेष्ठ – १,९५१, बिना श्रेष्ठ – ९४३
अन्य पदमा पनि मिश्र प्यानलको अग्रता:
-महासचिव: केदारप्रसाद कोइराला – १,९८९, यज्ञमणि न्यौपाने – ८७८, हरिशरण कार्की – ६६
-कोषाध्यक्ष: जगतबहादुर कार्की – २,०७१, दीपक राई – ७३५, विष्णुप्रसाद सापकोटा – १०१
समग्रमा, नेपाल बार एसोसिएसनको यसपटकको निर्वाचनमा मिश्र नेतृत्वको प्यानलले बलियो पकड बनाएको देखिएको छ।
प्रतिक्रिया