भागबण्डा नमिल्दा गभर्नर नियुक्ति भएन भन्ने सत्य होइनः प्रवक्ता गुरूङ

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले नेपाल राष्ट्र बैंकले चाँडै नयाँ गभर्नर पाउने स्पष्ट पारेका छन्।

मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासामा जवाफ दिँदै मन्त्री गुरूङले गभर्नर नियुक्तिको प्रक्रिया अघि बढिसकेको जानकारी दिए। उनका अनुसार गभर्नर सिफारिसका लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा समिति गठन भइसकेको र सो समिति सक्रिय रूपमा काम गरिरहेको छ।

गभर्नर नियुक्ति ढिलो हुनुमा दलहरूबीचको भागबण्डा नमिलेको भन्ने आरोप अस्वीकार गर्दै उनले कार्यवाहक गभर्नरका रूपमा निलम ढुंगाना नियुक्त भएकाले राष्ट्र बैंकको कामकाज प्रभावित नभएको बताए।

त्यसैगरी मन्त्रिपरिषद्को बैठकले बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा मोहनबहादुर तामाङलाई नियुक्त गर्ने निर्णय गरेको छ।

डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नं. ४ बगरकोटलाई गाउँपालिकाको केन्द्र कायम गरी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि भएको छ।

यस्तै, सरकारले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ खारेज गर्ने निर्णय गरेको छ भने वैकल्पिक वित्त परिचालनसम्बन्धी विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।

निर्णयहरू :

प्रतिक्रिया

TOP