
काठमाडाैं : नेपाली लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र लघुकथा केन्द्रित संवादका माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पु¥याउने उद्देश्यले प्रारम्भ गरिएको लघुकथा अभ्यास ‘विलोम’को आठौँ अभ्यास २०८१ चैत २६ गते सम्पन्न भएको छ ।
‘विलोम’को उद्देश्य अनुरूप आठौँ भेटघाट आख्यानकार एवं कवि महेश प्रसाईँसँग भएको हो । लघुकथा केन्द्रित कुराकानी गर्ने क्रममा यस अभ्यास अन्तर्गत स्रष्टा प्रसाईँसँग झण्डै तीन घण्टा नेपाली लघुकथाको विगत, वर्तमान र भविष्य तथा अन्य विविध विषयमा समेत छलफल गरिन्छ ।
यसपटकको अभ्यासमा श्री प्रसाईँसँग लघुकथाका हकमा लघुकथा के हो र कस्तो हुनुपर्छ , लघुकथा लेखनको विगत र वर्तमान एवम् लघुकथा लेखनमा देखा परेका पछिल्ला प्रवृत्ति तथा लेखनको धार, लघुकथाले समेटेका विषय, लघुकथाको स्तरीयता तथा लघुकथाको भविष्यसमेत लघुकथाका विविध विषय र उहाँको लेखनका बारेमा समेत विस्तृत कुराकानी भएको थियो ।
लघुकथाकार त्रय विनोद नेपाल, दीपक लोहनी र ममता मृदुलद्वारा प्रारम्भ गरिएको ‘विलोम’ नामक यस अभ्यास अन्तर्गत सातौँ अभ्यास श्री प्रसाईँको निवास, नरेफाँट,काठमाडौमा भएको हो । विलोम अभ्यास २०७९ साल फागुन महिना देखि प्रारम्भ गरिएको हो । यस अन्तर्गत हालसम्म अशेष मल्ल, कणाद महर्षि, ध्र्रुव मधिकर्मी, भागिरथी श्रेष्ठ, राजव, विधान आचार्य र पुष्कर लोहनीसँग लघुकथा सम्बन्धित वार्ता गरिएको छ ।
प्रतिक्रिया