
काठमाडौं: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पदबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमाथि सर्वोच्च अदालतमा भइरहेको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको छ।
यसअघि मंगलबार पनि सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। रिटलाई विशेष प्राथमिकता दिई सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि उक्त मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुई दिनदेखि बहस जारी छ।
कुलमान घिसिङले आफूलाई बदनियतपूर्वक हटाइएको भन्दै अन्तरिम आदेशका लागि रिट दायर गरेका छन् भने हितेन्द्रदेव शाक्यले कुलमानको प्रारम्भिक नियुक्ति नै अवैध रहेको जिकिर गर्दै उनको पदाधिकार हुन नसक्ने तर्क पेश गरेका छन्। बुधबार हेर्दाहेर्दैमा राखिएको रिटमा बिहीबारका लागि पेसी तोकिएको छ।
प्रतिक्रिया